Samajik Feed – News Portal from Nepal

४ असोज, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाद्वारा २०७९/०४/३१ गते ट्राफिक व्यवस्थापन सम्बन्धमा एउटा सार्वजनिक प्रेस बिज्ञप्ति निकालिएको थियो। बिज्ञप्तिमा जनकपुरधाममा संचालित सबै संस्थागत बिध्यालयहरुलाई बोदार्थ गराईको थियो। जनकपुरधामको अधिकांश बिद्यालयहरुमा उचित पार्किंगको व्यवस्था छैन। स्कुल कालेजहरुले गाडी र भ्यानहरु यतिकै सडकमै पार्किंग गर्ने गर्दै आईरहेका छन्।

जनकपुरधाम उपमहानगरपालिकाले १ हफ्ता भित्र गाडीहरु को उचित पार्किंग गर्नका लागि बिद्यालयहरुलाई निर्देशन दिएका थिए। यदि गाडीहरु १ हफ्ता भित्र व्यवस्थापन नभएमा नगरपालिकाद्वारा कार्यवाही हुने चेतावनी दिईएको थियो। नगरपालिकाले दिएको समय पनि बित्यो तर सडकको अवस्था उस्तै छ। गाडीहरु अहिले सम्म सडकमै छ। खोई नगरपालिकाको कार्यन्यन ? खोइ कार्यवाही ??
एउटा बिज्ञप्ति लेखि मात्र आफ्नो दायित्व बुझ्ने नगरपालिकाको कार्यन्यन कहिले हुने ?

गाडीहरु सडकमै पार्किंग हुँदा ट्राफिक जाम या अन्य सवारी दुर्घटना हुने प्रवल सम्भावना हुन्छ। स्कुल कालेजको बस र भ्यानहरुले गर्दा आम सवारी साधनहरु बीच बाटोमै जाममा पर्छन्। एक त जनकपुरको सकुचो बाटो त्यसमा पानि स्कुलहरुको गाडीले असाध्यै बाध्य हुन्छन् आम सवारीसाधन। ध्वनि प्रदुषण, ट्राफिक जाम, सवारी दुर्घटना जस्ता कुराहरुलाई नियन्त्रण गर्न उचित पार्किंगको निकै आवस्यकता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *