२३ फागुन, जनकपुर।
लगातार पाँच दिनदेखि ओरालो लागिरहेको नेप्से, यस साताको दोस्रो कारोबार दिन भने उकालो लागेको हो।
५ कारोबार दिनमा नेप्से परिसूचक ८८.९४ अंक घटेको थियो। यस दिन भने नेप्से परिसूचक १४.४१ अंक बढेर १९५२.६६ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंक बढेको छ।
यस दिन २६१ स्टकको २४ हजार ३७३ पटकको कारोबारमा १ अर्ब २० करोड ४४ लाख ९ हजार रुपैयाँ बराबरको ४० लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।