Skip to main content

22 फागुन, जनकपुर।नेपालको राजधानी काठमाडौंले होली पर्व निकै हर्षोल्लासका साथ मनाइन्छ । यस पर्वलाई काठमाडौंमा “फागु पूर्णिमा” भनेर चिनिन्छ। यस पटक होली मनाउने थरिथरिका दृश्य काठमाडौंमा देखा परेका छन्।

होलीको दिन पारेर काठमाडौं टमाटरको उत्सव ला टोमाटिना आयोजना गरिएको छ। ग्लोबल टुरिज्म प्रमोसन काउन्सिल र राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघले लैनचौरस्थित नेपाल स्काउटको ग्राउन्डमा ला टोमाटिना गरेको हो।

लैनचौरमा भएको ला टोमाटिनामा युवायुवतीहरू रमाएका थिए।

ला टोमाटिना युरोपेली मुलुक स्पेनमा लोकप्रिय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *