22 फागुन, जनकपुर। होली हिन्दूहरुको महान वसन्त पर्व हो, जसलाई “रङ्गहरूको पर्व” वा “प्रेमको पर्व” पनि भनिन्छ। यो हिन्दू महिना फाल्गुनमा पूर्णिमाको दिनमा मनाइन्छ, जुन सामान्यतया फेब्रुअरी वा मार्चमा पर्दछ।

रंगहरूको पर्व होली आज काठमाडौं उपत्यकासहित देशका पहाडी भू-भागमा मनाइँदैछ ।
विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरेर होली मनाइँदैछ । काठमाडौंको बसन्तपुरमा होली विशेष कार्यक्रम चलिरहेको छ ।बसन्तपुरमा चीर ठड्याइएको ठाउँ नजिकै होली मेला लागेको छ ।युवादेखि वृद्धसम्म होलीमा रमाइरहेका छन् ।

बसन्तपुरको होलीमा सधैं जस्तो यसपटक पनि विदेशी पर्यटकको उल्लेख्य सहभागिता देखिएको छ ।