Samajik Feed – News Portal from Nepal

१८ फाल्गुन, जनकपुरधाम। सर्लाहीको मलंगवा नगरपालिका ८ मा रहेको सुबिधा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धकसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

सर्लाही जिल्ला अदालतको आदेशमा संस्थाका प्रबन्धक मलंगवा नगरपालिका ९ का दिपक लाल अमात्य, संस्थाका खजान्ची वडा नं. १० का निर्मल कुमार श्रेष्ठ, फिल्ड सहायक सर्लाहीकै बलरा नगरपालिका २ का कामेश्वर प्रसाद सिंह, संस्थाका ऋणी मलंगवा २ का उमेश प्रसाद अधिकारीलाई पुर्पक्षका लागि जेल चलान गरिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी कैलाश राईले जानकारी दिएका हुन् ।

उनका अनुसार रकम हिनामिना भएको सम्बन्धमा संस्थाका उपाध्यक्ष जय प्रकाश अग्रवाल र लेखा समितिका संयोजक शान्ता प्रसाद श्रेष्ठसमेतले उनीहरुलाई बिपक्षी बनाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिएका छन्। अनुसन्धान पश्चात प्रहरीले जिल्ला अदालतमा पेश गरेको थियो । अन्य फरार प्रतिवादीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!