Samajik Feed – News Portal from Nepal

४ असोज, जनकपुरधाम। राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका प्रमुख बिर मगरको मधेशमा हिजो अन्तिम कार्यकाल थियो। उनको सरुवा काठमाडौँमा को पुल्चोक स्तिथ राष्ट्रिय शाखामा गरिएको छ। उनि मधेश प्रदेशको राजधानी जनकपुरमा कार्यरत थिए।


जनकपुरका सरसफाई अभियन्ता लगायतक समुहद्वारा उनको बिदाई कार्यक्रम गरीयो।जनकपुरका सामाजिक अभियन्ताहरुले उनलाई माला र गम्छा लगाई बिदाई गरेका हुन्। साथै उनको सफल कार्यकालको शुभकामना दिदै उनको बिदाई गरेका हुन्।

उनले आफ्नो मन्तब्य राख्दै भने कि मधेशले दिएको माया र सम्मान म सदैव स्मरण गरि रहने छु। मधेशमा रहेका जनताहरुले हरेक पाईलामा मलाई सहयोग र समन्वय गरेको छ। हामी सबै नेपाली छौं र हामी जता रहे पनि हामी एक हुन्छौं। उनले भने यदि हामी कसैको भलो न गरे पनि कसैलाई हानि पनि नपुर्याउ यहि, हाम्रो कर्तव्य पनि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *