१७ फागुन, जनकपुर। अहिले लगातार नेप्सेसँगै कारोबार रकम पनि घट्दै गएको छ। यो साताको सोमबारदेखि नेप्से ओंरालो लागेको साथै कारोबार रकम पनि दैनिक घटिरहेको छ।
गत सोमबार नेप्से परिसूचक ३.६५ अंक घट्दा १ अर्ब ८९ करोडको शेयर कारोबार भएको थियो। त्यस्तै, मंगलबार नेप्से परिसूचक ३.८१ अंक घट्दा कारोबार रकम १ अर्ब ३८ करोडमा सीमित भएको थियो। बुधबार नेप्से परिसूचक २४.४४ अंक घटेको छ। यससँगै कारोबार रकम पनि घटेर १ अर्ब २८ करोडमा झरेकाे छ।
बुधबार सेन्सेटिभ इण्डेक्स ३.५६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२६ अंक घटेको छ। यस दिन २५७ स्टकको २६ हजार ४५४ पटकको कारोबारमा १ अबए २८ करोड ८३ लाख ६३ हजार रुपैयाँ बराबरको ३७ लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आदर्श लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन १५१ रुपैयाँ २० पैसा बढेर १ हजार ६६३ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ।