१५ गते फाल्गुन, जनकपुरधाम। पहाडी जिल्ला र तराईका जिल्लामा छुट्टाछुट्टै होली मनाइने चलन छ। तराई मधेस जिल्लामा होली वा फागुलाई ‘होरी’ भन्ने चलन छ।
मधेसका पहाडी समुदायले पूर्णिमाका दिन होली मनाउँदै आएका छन् भने मधेसका मूल निवासी मधेसी समुदायले फागु कृष्ण प्रतिपदा पूर्णिमाका दिन होली मनाउने गरेका छन्।
मिथिला क्षेत्रको जनकपुरधाममा माध्यमिक परिक्रमा सकेपछि भोलिपल्ट होली मनाउने चलन छ। यसै अन्तर्गत आज मधेशको कञ्चनवनमा शोभायात्रा पुगेको छ। बडो हर्षउल्लाशका साथ कञ्चनवनमा होलि उत्सव मनाईने गर्दछ। १५ दिने मिथिला परिक्रमा आज मधेश प्रदेशको धनुषा जिल्ला स्थित् कञ्चनवन पुगेको छ।
कञ्चनवनको ईतिहासको कुरा गर्ने हो भन्ने त्रेता युगमा भगवान राम र जनकपुरको किशोरी माता सिताले कञ्चनवनमा होलि खेलेको एउटा ईतिहास रहेको छ। त्रेताकाल देखि नै कञ्चनवनमा होलि खेल्ने चलन रहेको छ। कञ्चनवनमा प्रतेक वर्ष हजारौं लाखौं हिन्दु धर्मवाली र श्रधलुहरुको घुईचो लाग्ने गर्दछ। मिथिलामा होलि भन्दा पहिले १५ दिने मिथिला परिक्रमाको चलन रहेकोले प्रतेक वर्ष ८ औँ दिनमा कञ्चनवनमा भगवान राम र सिताको डोला पुग्ने गर्दछ। १५ दिनको मिथिला परिक्रमाको पश्चात मात्र होलि खेल्ने चलन रहेको छ।