Skip to main content

१५ फागुन, जनकपुर। नेपाल सरकारले चालु आर्थिक वर्ष २०७९/८० को ७ महिनामा सरकारले साढे ५ करोड रुपैया आर्थिक सहायता बितरण गरेको छ। जसमा पुर्वरास्ट्रपति रामवरण यादवलाई २५ लाख औषधि उपचार खर्च प्रधान गरिएको छ।

नेपाल सरकारले ३ कार्तिक बसेको मन्त्रिपरिषद बैठकबाट यादवलाई २५ लाख रुपैया आर्थिक सहायता दिएको थियो। यस सहियोग भित्र प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को मतदानका क्रममा मृत्यु भएका दुई जनाको परिवारलाई सरकारले दिएको १०/१० लाख रुपैया क्षतिपूर्ति समावेश गरेको छ। त्यस्तै नेपाल सरकारले साउनमा ९३ लाख भदौमा १ करोड ४१ लाख ७७ हजार र असोजमा २५ लाख रुपैया आर्थिक सहायता बाडेको छ। कार्तिकमा ४४ लाख मंसिरमा १ करोड ३० लाख ८४ हजार पुषमा ८८ लाख ७२ हजार र माघ मा २४ लाख रुपैया बढेको छ।

भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई समेत आर्थिक सहायता दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *