Samajik Feed – News Portal from Nepal

१४ फाल्गुन, जनक्पुधम। पछिलो समय देखि निरन्तर रुपले घट्दै गरेको नेप्से साताको पहिलो दिन कारोबारको परिसूचक ४.५५ अंकले बढेर २०२७.१९ विन्दुमा पुगेर कारोबार भएको छ। आज २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता शेयर खरिद बिक्रि गरि २ अर्ब ५२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेप्सेका १३ वटा उपसमुहमध्ये ५ उपसमुह घटेका छन् भने बाँकी सबै उपसमुहको सूचक बढेका छन् ।
लघुवित्त उपसहुको सूचक सर्वाधिक २.७८ प्रतिशतले बढेको छ। जसमा होटल तथा पर्यटन, फाइनान्स, विकास बैंक, हाइड्रोपावर, लगानी र निर्जीवन बीमाको उपसमूहको सूचक सकारत्मक रहेको छ भने व्यापार उपसमुह सब भन्दा धेरै १.१० अंकले घटेको छ।

साथै बैकिङ्ग, उत्पादन तथा प्रशोधन, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको सूचक पनि नकरात्मक देखिएको छ। कारोबार रकमका आधारमा हेर्दा आज हिमालयन डिस्टीलरी शिर्ष स्थानमा रहेको छ साथै सबैभन्दा धेरै १० करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार पनि भएको छ । यस्तै एनआईसी एशिया बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाको पनि ७ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!