Samajik Feed – News Portal from Nepal

३ असोज, जनकपुरधाम। आज असोज ३ अर्थात् नेपालको संविधान दिवसको रुपमा मनाईने दिन हो। २०७२ असोज ३ गते नेपालमा नयाँ संविधान लागु गरिएको थियो। संविधान पनि बन्यो संघियता पनि ल्याईयो तर अझै पनि मधेशका जनताहरु आफ्ना अधिकारका लागि आसमै बसिरहनु परेको छ। आज संविधान दिवसमादेशले खुशियाली मनाउने छ भने एक तर्फ मधेशका जनताहरुले शोक मनाउदै कालो दिवस मनाउने छन्।

pic credit :- The kathmandu post.

मधेश आज पनि कतिपय युवाहरुले नागरिकता नभएको कारणले पढ्न समेत गार्हो भएको छ। मधेशका धेरै जसो युवाहरुले नागरिकता नभएर राम्रो नोकरी पाएका छैनन्। यदि नागरिकताकै विषयमा कुरा गर्ने हो भन्ने मधेश प्रदेशको धनुषा जिल्ला स्तिथ मुखियापट्टि गाउँपालिकामा आजको यो आधुनिक युगमा पनि करिब २ सय जनाको घरमा बिजुलीको मिटर छैन। बिना नागरिकता बिजुली विभागले मिटर दिदैन भन्ने गुनाशो गाउँले हरुले बताएका छन्। आजको समयमा पनि बिजुली बिना बच्न हामी कल्पना पनि गर्न सक्दैनौ। देशले आज दिपावली मनाउने छ भने मधेशको धेरै एस्ता बस्तीहरु अझै पनि अँध्यारो रहने छ।

आफ्नै अधिकारका लागि लडीरहनु पर्दा, ति दमनकारी मानसिकता भएकाहरु द्वारा गोलि हानि मधेशका युवाको रगत पनि झैँ बगाईन् छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *