७ फाल्गुन, जनकपुरधाम। अव्यवस्थित पूर्वाधार र साँघुरो सडक ट्राफिक जामको सामान्य कारण भए पनि अध्यात्मको शहर जनकपुरधामको सडकमा घुम्ने गाईवस्तुले ट्राफिक समस्या थपेको छ। अव्यवस्थित रुपमा गाईवस्तु छाड्नुमा सम्बन्धित निकायको व्यवस्थापनको अभाव रहेको देखिन्छ।
स्थानीयहरुले पटक-पटक उपमहानगरपालिका र सम्बन्धित सबै निकायलाई निवेदन गर्दा पनि केहि समाधान नभएको जनआक्रोश रहेको छ।
घुम्ने गाईवस्तुको व्यवस्थापन गर्न नसक्दा सडक दुर्घटना बढ्ने प्रवल सम्भावना रहेको छ।
जिल्ला ट्राफिक कार्यालय र अरु संस्थाहरुको समन्वयमा घुम्ने गाईवस्तु हटाउन र ब्यबस्थापनका लागि वर्षेनी अभियान सञ्चालन गर्दै आएको भए पनि त्यसको नतिजा भने कमै आएको छ।
ट्राफिक कार्यालयको अनुसार, ति जनावर ठ्याक्कै कहाँबाट आयो भन्ने थाहा नभएको तर उनीहरू ग्रामीण किसानहरूले नै घुम्ने गरेको बताए। “कृषकहरू गाईवस्तुहरू बूढो भइसकेपछि र दूध उत्पादन गर्न नसकेपछि गाईवस्तुहरू सडकमा छाड्छन्।”
यी घुम्ने गाईवस्तु यात्रुहरूका लागि पनि मारमा परेका छन्। सडक वरपर रहेका यस्ता गाईवस्तु देखेर मानिसहरु डराउँछन् । “जन्तुले गुडिरहेको सवारी साधन पल्टाउने, यात्रुलाई ठक्कर दिने जस्ता समस्या पनि निम्त्याएको छ। तर समस्या नयाँ भने होइन। गौशालामा जनावरहरू पठाएका भए पनि सडक अझै घुम्ने गाईवस्तुले भरिएको छ।
जनकपुरको सडकमा घुम्दा “एकै ठाउँमा कम्तीमा दुई–तीनवटा गाईवस्तु घुमिरहेको भेट्टाउन कुनै नयाँ कुरो छैन।
गौशालाबाट घुम्ने गाईवस्तु फिर्ता लिन आउनेलाई एक हजारदेखि तीन हजार रुपैयाँसम्म जरिवाना हुने ट्राफिक कार्यालयको आदेश भएता पनि मान्छेहरुले यतिकै अलपत्र अवस्थामा गाईहरुलाई सडकमा छोड दिने गर्छन। न्युनतम जरिवाना रकमले समस्या समाधान गर्न सहयोग नगरेको ट्राफिक प्रमुखको भनाइ छ।