५ फाल्गुन, जनकपुरधाम। बाराबाट एक लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका १२ मटिअर्वाका ४० वर्षीय राकेशकुमार साह कलवार रहेको प्रहरीले जनाएका छन् ।
भारतबाट नेपालतर्फ आउदै गरेका साहलाई प्रहरीले बलिरामपुरस्थित मुसहर्वा नाकाबाट नियन्त्रणमा लिएको थियो ।
मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउदै गरेका साहलाई चेकजाँच गर्दा उनको साथबाट भारतीय एक लाख पाँच सय रुपैया फेला पारेको प्रहरीले जनाएका छन् भने चेकजाँचका क्रममा रकमको स्रोत नखुलेको र उनको साथबाट पाँच सय रुपैयाको दुई सय एक थान भारतीय रुपैया बरामद गरेको प्रहरीको जानकारी दिए।