३ फाल्गुन, जनकपुरधाम। प्रधानमन्त्री पुष्पकमल दाहाल र कोरिया गणतन्त्रका राष्ट्रपतिका विशेष दूत सुङ मिन जुङ नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच विभिन्न विषयमा छलफल भएको हो। दुई देशबीचको आपसी सम्बन्ध, सहयोग र हितका विषयमा प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सो अवसरमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने र आर्थिक सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको थियो ।इपिएसमार्फत कोरियामा थप कामदार भर्ना गर्ने र दक्षिण कोरियाले नेपाललाई दिने सहयोग बढाउनेलगायतका विषयमा पनि छलफल भएको थियो । आगामी वर्ष नेपाल–कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ भव्यताका साथ मनाउने विषयमा छलफल भएको छ ।