जनकपुरधाम, फागुन २ गते ।
जनकपुरधाममा नभ मिथिला फाउण्डेशन र माई सेकेण्ड टिचरको आयोजनामा जनकपुर उद्योग बाणिज्य संघमा वक्तित्व कला र कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा धनुषाका दर्जन भन्दा बढ़ी विद्यालयका छात्र छात्राहरु सहभागी भएका थिए।
‘मेरो मिथिला’ शीर्षकको वक्तित्वकला र कविता वाचन प्रतियोगितामा भाग लिएका वक्तित्वकलामा ५४ जना र कविता वाचन ४० जाना सहभागी विद्यार्थी मध्ये वक्तित्वकलामा पाँच जना र कविता वाचनमा १० जाना उत्कृष्ट भएका छन् ।
पाँच सय पूर्णाङ्कको पहिलो दिन वक्तित्वकला प्रतियोगितामा जनकपुरधामको मदरटेरेसा पब्लिक स्कूलकी विद्यार्थी राखी ठाकुर ४२१ अंक ल्याएर प्रथम भएकी छन् । त्यस्तै डेफोडिल्स पब्लिक स्कूलका विद्यार्थी अभीप्सा झा ४११ अंकसहित दोश्रो, डेफोडिल्स पब्लिक स्कूलकै अंजन ठाकुर ३९२.५ अंकसहित तेश्रो भएका हुन् । यस्तै मिट स्कुलकी अनिशा कुमारी ३८७ अंकसहित चौथो र जनकपुर पब्लिक स्कूलकी अंजली कुमारी यादव ३८४.५ अंकसहित पाँचौ स्थान हासिल गरेको आयोजकले जनाएको छ ।
पाँच सय पूर्णाङ्कको पहिलो दिन वक्तित्वकला प्रतियोगितामा वक्तित्व कला प्रतियोगितामा उत्कृष्ट पांच छात्र /छात्राबीच अन्तिम प्रतिस्पर्धा जनकपुर साहित्य महोत्सव २०७९ को मुख्य आयोजन जानकी मन्दिर प्रांगणमा हुनेछ । पहिलो चरणको छनौटका लागि पांच जना निर्णायक मंडलमा जनकपूरधाम उप-महानगर पालिकाका शिक्षा शाखा प्रमुख मेहीलाल लाल यादव , जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनीष रमन साह, संचारकर्मी घनश्याम मिश्र, महिला नेतृ रुणा झा र रेणुका जीसी रहेका थिए ।
यही सँगै “हमर मिथिला ” शीर्षकको कविता प्रतियोगितामा उत्कृष्ट १० जना छात्र- छात्रा छनिएका छन ।
कविता प्रतियोगितामा धनुषाको २० भन्दा बढ़ी विद्यालयको ४० जना छात्र छात्राहरू कविता वाचन गरेका थिए । ४० मध्येबाट अंकको आधारमा उत्कृष्ट प्रस्तुति दिएका १० छात्र छात्रालाइ मुख्य प्रतियोगिताकोलागि चुनिएको आयोज नव मिथिला फाउंडेशनका अमित कुमारले जानकारी दिए ।
उत्कृष्ठ १० मा ज्ञापकुप माविकि बैदेही ठाकुर , मिट स्कूलकी सुनीता ठाकुर , ज्ञानकूप कै आदर्श कुमार झा , ओम आरसी एसका निशान्त ठाकुर , साउथ पॉइन्टका प्रभाकर झा, मदर टेरेसाकी भूमिका साह, जनकपुर पब्लिककी अस्मिता खातून, एर्रे इंटरनेसनलकी अनन्या सिंह , सिद्धार्थ शिशुसदनकी कृतिका यादव र जानकी माविका अभिजीत झा छानिएको हो ।
कार्यक्रममा प्रतिस्पर्धालाइ रोचक बनाउन आयोजकले निर्णायक मंडलमा यस क्षेत्रका चर्चित अनुहारहरूलाइ जिम्मा दिएका थिए । निर्णायक मण्डलमा वरिष्ठ साहित्यकार प्राध्यापक / डॉक्टर रेवती रमण लाल , साहित्यकार तथा गीतकार दिगम्बर झा दिनमणि , साहित्यकार अयोध्यानाथ चौधरी , प्राध्यापक ओम कुमार झा र लेखिका किरण रश्मिले जिम्मा पाएका थिए । आजका विजेताहरुले फाल्गुन ११ र १२ गते जानकी मन्दिर प्रांगणमा हुने विशेष कार्यक्रममा फाइनल प्रस्तुति गर्ने छन । आज चुनिएका १० जनालाई पांच पांच हजार रूपैया समेत पुरस्कारको रुपमा प्रदान गरिने छ । यही फाल्गुन ११ , १२ र १३ गते जनकपुरधाममा “जनकपुर साहित्य महोत्सवको आयोजन हुने छ । ३ दिन सम्म चलने उक्त महोत्सवमा २३ ओटा विभिन्न शीर्षकमा सत्रहरू संचालन हुने छ । महोत्सवमा भारतका चर्चित गायिका मैथिली ठाकुर , संख वादन र स्त्रोत्र गायनको लागि डॉक्टर विपिन मित्र र कविता र लेखक नीलोत्पल मृणाल सहभागी हुने छन । नेपाल र भारतका चर्चित साहित्यकार, कवि, गायक , लेखक र समूहहरुको पनि सहभागिता रहने छ ।