३० माघ, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधामको वार्ड नम्बर ३ मा बाटो झुर अवस्था भएकोले सर्वसाधारणको जीवन कष्टकर बनेको छ। वर्षौ देखि जनकपुरधामको किशोरीनगरमा न त् बाटो राम्रो अवस्थामा छ न त् नाला र पनि कुनै उचित निकाश रहेको छ। स्थानीयहरुले पटकपटक वार्ड अध्यक्षलाई निवेदन गरेता पनि यार्ड अध्यक्षको ध्यान आकर्षण हुन सकेको छैन।
१० देखि बाटो बनाउने कार्य थालेको थियो, तर स्तरीकरण (leveling) का कारण काम रोकिएको थियो। यो कुनै नयाँ र अनौठो कुरा होइन, यो बाटोमा धरै चोटी काम सुरु भएको छ र बन्द भएको छ। कहिले नाला बनेर तयार हुदाँ पनि २ दिन भित्रै भत्की दिने त कहिले नालाको पानी जाम भएर सडकमा आईदिने। सामाजिक संजालमा एउटा भिडियो कुबै भाईरल हुदैंछ, जुनमा २ ओत बच्चाले सडक पार गर्न निकै संग्घर्ष गर्नु पर्ने देखिएको छ। सडक नालाको पानीले भरिएको छ र बाध्य भएर सबैलाई त्यहि फोहर नालाको पानीलाई पार गरेर जानु पर्ने अवस्था बनेको छ।
यदि कुनै दुर्घटना भयो भने, जिम्मेवारी कसको ? वार्ड अध्यक्ष दिपेन्द्र साह दोस्रोपटक चुनाव जितेर वार्ड अध्यक्ष हुनु भएको छ। तर पन्नी कानमा तेल राखेर वास्ता नै राख्नु हुन् भन्ने जनताको गुनासो रहेको छ। बिना स्तरीकरण (leveling) बाटो बनाउदैं गरेको कारण नालाको पानी सडकमा आएको खबर त्यहाँका बासिन्दाले जनाएको छ। विधार्थीहरुलाई बिधालय समेत जानुमा गार्हो भएको छ। यहीं भिडियोमा ति सानो फुचा-फुची बाटो रहरले हैन बाध्यताले मात्र नालाको पानी पार गरेर जानु पर्ने अवस्था छ। यदि त्यहाँ कुनै दुर्घटना भयो भने कसले लिन्छ जिम्मेवारी ? साथै सम्बन्धित सबै निकायलाई यसमा ध्यानकर्षण गर्न आग्रह पनि गर्दछौं।