२८ माघ, जनकपुरधाम। बलात्कारको आरोप लगाउँदै शिवराज श्रेष्ठ विरुद्ध अदालतमा उजुरी समेत गरेकी कुमारी आमाका नामले चर्चामा आएकी निहारिका राजपूतले श्रेष्ठसँग विवाह गरेकी छन् ।
उनीहरुले जनकपुरधामको जानकी मन्दिरमा गएर विवाह गरेका हुन् ।
यसअगाडि उनीहरुबीच १७ माघमा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो। मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका छन्।
उनीहरुले त्यही दिन अदालती विवाह (कोर्ट म्यारिज) गरेर सामाजिक परम्परा अनुसार मन्दिरमा विवाह गरेका हुन् । पहिले निहारिकाले आरोप लगाएका शिवराज पनि अतितहरुलाई बिर्सेर नयाँ शिराबाट जिन्दगी अगाडि बढाउन तयार रहेको बताउँछन् ।
‘पहिला मिलेको भए दुवै जना र घरपरिवारले यति दुःख भोग्नु पर्थेन होला । तर, दुवै जना अर्काको बहकाउमा लाग्यौं’, शिवराजले भने, ‘त्यतिबेला हामी परिपक्व थिएनौं । मिलाउनेभन्दा पनि दुवैतिर बिगार्ने मान्छेहरुले खेले ।’
निहारिकाले आफू बलात्कृत भएको र कानूनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोलन गरिरहेकी थिइन् । त्यसक्रममा उनी पटकपटक पक्राउ समेत परेकी थिइन् ।
उनले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने, घटनाको सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी काम भएको भन्दै पुनः जाँच गरिनुपर्ने लगायको माग राख्दै अनशन समेत बसेकी थिइन् ।
यो प्रकरण पहिल्यै अदालतसम्म पुगेको थियो । तर, जिल्ला अदालत, धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको थियो । सविरुद्ध निहारिका उच्च अदालत जनकपुर पुगेकी थिइन् ।
उनको विरोधपछि बलात्कारको मुद्दामा प्रमाणको मूल्यांकन नगरी आरोपीलाई सफाइ दिएको भन्दै धनुषाका तत्कालीन जिल्ला न्यायाधीश डा. परशुराम भट्टराई पनि जिल्ला अदालत तानिएका थिए । बलात्कार सम्बन्धी मुद्दा उच्च अदालतमा अझै विचाराधीन छ ।
निहारिकाले बच्चा शिवराजको नै भएको बताउँदै डीएनए परीक्षणको माग गरेकी थिइन् । परीक्षण गर्दा डीएनए पनि मिलेको थियो ।
तर, जिल्ला अदालत, धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको थियो । सविरुद्ध निहारिका उच्च अदालत जनकपुर पुगेकी थिइन् । उनको विरोधपछि बलात्कारको मुद्दामा प्रमाणको मूल्यांकन नगरी आरोपीलाई सफाइ दिएको भन्दै धनुषाका तत्कालीन जिल्ला न्यायाधीश डा. परशुराम भट्टराई पनि जिल्ला अदालत तानिएका थिए । बलात्कार सम्बन्धी मुद्दा उच्च अदालतमा अझै विचाराधीन छ ।