Samajik Feed – News Portal from Nepal

२७ माघ, जनकपुरधाम। मधेश सरकारले राजपत्रमै प्रकाशित गरिसकेको जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा फागुन १ गते सार्वजनिक बिदा दिएको छ ।

लालबाबु राउत नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट गृह तथा संचार मन्त्री भएका भरत प्रसाद साहको प्रयसामा गत वर्ष नै फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । निर्णय को साथै गत वर्ष फागुन १ गते पनि मधेश सरकारले जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा दिएको थियो भने माओवादीको दश वर्षे जनयुद्धमा सहिद, बेपत्ता भएका परिवार र घाइतेलाई एकएकलाख रुपैयाँ वितरण पनि गरेका थिए।

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने मधेश सरकारको अनुसरण अन्य प्रदेशले पनि गर्न थालेको छ । बागमती प्रदेशले पनि जनयुद्ध दिवसको यसवर्षदेखि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!