Samajik Feed – News Portal from Nepal

२२ माघ, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका १ बस्ने ४१ वर्षीय दिलिप साह हातहतियारसहित मिटरव्याजीमा पक्राउ परेका छन् ।

साहविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिहरुले मिटरव्याजीको उजुरी दिएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शनिबार प्रहरी नायव उपरीक्षक दिपकुमार रायको नेतृत्वमा गएको प्रहरी टोलीले दिलिप साहको घर तथा पसलमा खान तलासि गर्दा कपाली तमसुकहरू, जग्गा धनि पुर्जाहरू, खाली चेक लगायतका अन्य कागजातहरू र कटुवा पेस्तोल १ थान, ३०३ राईफलमा लाग्ने गोली ४ थान ,४ म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थान बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!