१९ माघ, जनकपुरधाम। नेपालको कालीगण्डकी नदीबाट अयोध्यास्थित राम जन्मभूमिमा भगवान रामको मूर्ति निर्माणका लागि लगिएको शिला राम मन्दिर निर्माण ट्र्रस्टलाई हस्तानान्तरण गरियो ।
एक समारोहबीच बिहीबार अयोध्यामा जनकपुरधामको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले उक्त शिला राम जन्मभूमि मन्दिर निर्माण ट्रस्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गरेका छन् ।
समारोहमा विधिवत पूजा पाठ र मन्त्रोचारण गरिएको थियो । शिला हस्तानान्तरण समारोहमा पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसहित नेपालबाट गएका सयौं मानिसहरूको सहभागिता थिए ।
रामको जन्मस्थल भारतको अयोध्यामा भव्य राम मन्दिरको निर्माण हुदै छ।