१७ माघ, जनकपुरधाम। मधेश प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले पदबाट राजीनामा दिएका हुन् ।
चुनावपश्चात् नयाँ सरकार गठन भएसँगै नैतिकताको आधारमा २०७६ भदौ २२ गते उपाध्यक्षमा नियुक्त भएका झाले राजीनामा दिएको बताएका छन्।
तत्कालिन मुख्यमन्त्री लालबाबु राउतले डा. भोगेन्द्र झालाई नियुक्त गरेका थिए । त्यसअघि नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झा थिए।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत अर्थशास्त्रको प्राध्यापकबाट केही वर्षअघि अवकाश भएका डा. झा नेपालको चर्चित अर्थशास्त्रीको रूपमा चर्चित छन् ।