Samajik Feed – News Portal from Nepal

१३ माघ,जनकपुरधाम। वसन्त पञ्चमीको दिनमा ज्ञान कि देवी माता सरस्वतीको पुजा अर्चना गरिने दिन हो तर मधेश प्रदेशको अधिकांश ठाउँमा विद्यार्थीहरुले उग्र रुपमा Fashion Show र घुमघाम गरी रमाउने गरिन्छ। युवाहरुले मोटरसाईकल जथाभावी चलाई सडक नै अवरुद्ध बनाएको अवस्था देख्न सकिन्छ। हिजो धनुषा ट्राफिकद्वारा कडाइका साथ चेकिङग गरियो। जिल्ला प्रहरी कार्यालय धनुषा, मातहत तथ वि.ट्रा. प्र. कार्यालय, धनुषाको संयुक्त टोलीले अभियानको रुपमा कार्यालय तथा मातहत समेतको वडा एरियामा मा.प.से.गरी सवारी चलाउने, तिन जना चढ्ने, हेल्मेट नलगाउने, लागु औषध दुर्व्यसन गरी मोटर साइकल चालउने लगायतका ट्राफिक नियम उलङ्घन गरेका १७५ जना र १७० वटा मोटर साइकल नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याईएको थियो।

सबै जना लाइ लागु औषधको सम्बन्धित जनचेतना मुलक प्रसिक्षण दिई जिल्ला प्रहरी कार्यालयद्वारा राति ८ बजेको समयमा सम्झाई बुझाई गरी छोडियो।

पछिलो समयमा विद्यार्थीहरु द्वारा यस्तो क्रियाकलाप बढ्दै गएको सामान्य जनसमुदायको गुनासो छ। यस्ता अनुशाशनहीनता को मुख्य कारण अभिभावक र स्कुल प्रतिनिधिहरु को कमी कमजोरी देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!