Skip to main content

५ माघ,जनकपुरधाम। नेपाल टेलिकमले मोबाइल र पीएसटीएन टेलिफोन सेवा अवरुद्ध हुन नदिन प्रणालीगत सुधार गर्ने भएको छ ।सरकारी कम्पनीको मोबाइल र पीएसटीएन टेलिफोन सेवा मंगलबार दिउँसोदेखि अवरुद्ध भएको छ। NT ले आज एक विज्ञप्ति जारी गर्दै नेटवर्कको भीडका कारण केही समयका लागि ग्राहकलाई कल आदानप्रदान गर्न कठिनाइ भोग्नुपरेको जनाएको छ।
भविष्यमा यस्ता समस्या दोहोरिन नदिन दीर्घकालीन समाधान उपलब्ध गराउन एनटी प्रतिबद्ध छ। ग्राहकहरुलाई निर्बाध गुणस्तरीय दूरसञ्चार सेवा प्रदान गर्न कम्पनी सदैव प्रतिबद्ध रहेको जनाएको छ ।कम्पनीका मोबाइल, टेलिफोन तथा अन्य सेवाहरुमा अवरोध आउनु परेमा सबै ग्राहकहरुलाई १४९८ र १९८८ मा सम्पर्क गर्न पनि कम्पनीले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *