३ माघ,जनकपुरधाम। आज नगराईन नगरपालिका लामो समय देखि बन्द रहेको नगरपालिका अब खुल्ने भयो,सर्वदलीय बैठक बसी यही माघ २० गते भित्र नगर सभा गर्ने सहमति स्वागतयोग्य छ
मेयर र उपमेयरबीचको विवादका कारण धनुषाको नगराईन नगरपालिका विगत डेढ महिनादेखि बन्द थियो। नगरपालिका बन्द हुँदा नगर क्षेत्रका बच्चाहरु खोपदेखि बञ्चित हुनुपरेको छ। यस्तै, नगरभित्रका ५ हजारभन्दा बढी विद्यार्थीहरु नियमित परीक्षाबाटसमेत बञ्चित भएका छन्।
मेयेर र उपमेयरको द्वन्द्वले नगरपालिकाको कामकाज मंसिर १८ गतेदेखि ठप्प थियो। नेपाली कांग्रेसबाट विजयी भएका मेयर र नेकपा एमालेबाट विजयी भएका उपमेयरबीच अधिकार बाँडफाँटको विषयमा द्वन्द्व चर्किँदा त्यसको मारमा सम्पूर्ण नगरबासी परेका हुन्।
तलब लगायतको सेवा–सुविधा उपलब्ध गराइदिन भन्दै कर्मचारीहरुले पटक–पटक मेयर र उपमेयरलाई संयुक्त र छुट्टा–छुट्टै ज्ञापनपत्र पनि बुझाएका थिए। तर, मागको सुनुवाइ नभएपछि उनीहरुले मंसिर १८ गतेदेखि आन्दोलन सुरु गरेका थिए।
शिक्षकले तलब नपाएको भन्दै विद्यालय बन्द छन्। जसकारण पुस पहिलो हप्ता हुने भनिएका अर्धवार्षिक परीक्षा हुन सकेको छैन।
हिजो सोमवारका दिन दुवै पक्ष बसेरा छाल्फाल गरियो र आपसी सम्झौता भएको छ। आज मंगलवारका दिन देखि नगरपालिका संचालनमा आएको छ।