Skip to main content

२८ पुष, जनकपुरधाम। वाणिज्य बैंकहरूले माघ महिना (माघ १५ देखि फागुन १२ गतेसम्म) ब्याजदर घटाउने भएका छन्। वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले ब्याजदर १ दशमलव १३ प्रतिशतले घटाउने निर्णय गरेको हो। हाल व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ९.१३ प्रतिशत रहेको छ भने रेमिट्यान्स मुद्दती निक्षेप खातामा १५.३३ प्रतिशत ब्याजदर कायम गरिएको छ।

तर, माघ महिनाका लागि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत, संस्थागत मुद्दती निक्षेपमा ९ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याज निर्धारण गरेका छन्। यसैबीच बैंकर्सको अध्यक्षमा सुनिल केसी निर्वाचित भएका छन्। एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा केसी निर्विरोध निर्वाचित भएका हुन्।
बुधबार बसेको विशेष साधारणसभाले केसीलाई नयाँ अध्यक्षमा निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निर्विरोध निर्वाचित भएका छन् भने लक्ष्मी बैंकका अजय विक्रम शाह, नेपाल एसबिआई बैंकका दीपककुमार दे, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, एनआइसी एशियाका रोशनकुमार न्यौपाने, सुदेश कुमार श्रेष्ठ निर्विरोध भएका छन् । एभरेष्ट बैंकका खालिङ र सनराइज बैंकका सुमन शर्मा कार्यकारी सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *