Samajik Feed – News Portal from Nepal

२७ पुष जनकपुरधाम। प्रहरीले मानबव बेचबिखन तथा ओसार प्रसारमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले महोत्तरीको गौशाला नगरपालिका-११ का ३७ वर्षीय रमेशकुमार श्रेष्ठ, वीरगञ्ज वडा नं. ८ का ५४ वर्षीय अनिलकुमार अरोडा र लम्जुङ राइनास नगरपालिका-४ का ३२ वर्षीय डोलनाथ कट्टेललाई पक्रेको हो।
अनिल र रमेश वीरगञ्ज लिंक रोडस्थित रानीपोखरी होटलका कर्मचारी हुन्। अनिल होटलका व्यवस्थापक हुन भने रमेश वेटरको काम गर्थे।

प्रहरीले दिएको जानकारी अनुसार पुस २४ गते वीरगञ्ज-१५ स्थित रानीपोखरी होटलमा मानव बेचबिखन तथा ओसारपसारको काम भइरहेको छ भने सूचना प्रहरीलाई आएको थियो।
सूचनाको आधारमा राति १० बजे चेकजाँच गर्दा होटलको १०८ नं.को कोठामा २५ वर्षीया युवति र डोलनाथ आपत्तिजनक अवस्थामा फेला परेका थिए। महिलासँग प्रारम्भिक सोधपुछ गर्दा मन्जुरी नहुँदा नहुँदै वेश्या वृत्ति गर्न बाध्य पारिएको भनी बयान दिएको दाबी प्रहरीको छ।

प्रहरीका अनुसार होटलमा काम गर्ने अनिल र रमेशले कारागारमा जेल जीवन बिताइरहेका श्रीमानलाई छुटाइ दिने र एक रातकै नगद ४ हजार दिलाई दिने प्रलोभनमा महिलालाई पारेका थिए।

प्रारम्भिक अनुसन्धानको क्रममा मानव बेचबिखन तथा ओसार पसारसम्बन्धी कसूर भएको देखिएकोले उनीहरू तीनै जनालाई नियन्त्रणमा लिइ पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!