Samajik Feed – News Portal from Nepal

पौष २५, जनकपुरधाम। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू बिग मर्जर गरी यही पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको छ । मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब, चुक्ता पूँजी ३५ अर्ब, कूल निक्षेप ४०८ अर्ब, कूल कर्जा ३७६ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ। मर्जरपछि बन्ने नयाँ बैंकको कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको आधारमा नेपालको सबै भन्दा ठूलो बैंक बन्ने बैंक अफ काठमाण्डूका जनकपुरधामका भानु चौकका शाखा प्रबन्धक श्री सन्जय मिश्रले जनाकरी गराउनु भएको छ । 


दुई बैंकको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखा रहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाख भन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ। हाल जनकपुरधाममा रहेका दुबै शाखा बाट सेवा सुचारु हुने जानकरी शाखा प्रबन्धक मिश्रले जनाकरी गराउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!