Samajik Feed – News Portal from Nepal

२४ पुष जनकपुरधाम। गृह मन्त्रालयको निर्देशनअनुसार बारामा सञ्चालित कम्तीमा पाँच क्रसर उद्योग बन्द गरिएको छ। लामो समयदेखि अवैध रूपमा सञ्चालनमा रहेको पाइएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति बाराबाट खटिएको संयुक्त अनुगमन टोलीले उद्योग बन्द गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण आचार्यले उद्योगको विद्युत् आपूर्ति कटौती र उद्योगका सामग्री आपूर्तिमा रोक लगाइएको बताए । उनले लामो समयदेखि उद्योगले लाइसेन्स नवीकरण नगरेको बताए। कलैया उपमहानगरपालिकास्थित जयमातादी बालुवा प्रशोधन केन्द्र, लाल बकैया बालुवा प्रशोधन केन्द्र र निजगढ नगरपालिकाको क्रसर उद्योगलाई सिल गरिएको उनले बताए।
त्यसैगरी, जितपुरसिमारा उपमहानगरपालिकाको बालगंगा बालुवा प्रशोधन केन्द्र, जयमातादी प्रशोधन केन्द्र र नेपाल क्रसर उद्योग पनि बन्द गरिएको छ।

गृह मन्त्रालयको निर्देशनअनुसार उद्योगको निरीक्षण गरिएको छ। कागजात नबनेपछि उद्योग बन्द गरिएको आचार्यले बताए। निरीक्षणको क्रममा उनले जिल्लाका क्रसर उद्योगबाट उत्खनन, बालुवा ढुङ्गा लगायतका सामग्री आपूर्तिमा अर्को सूचना जारी नभएसम्मका लागि रोक लगाइएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!