Samajik Feed – News Portal from Nepal

२३ पुष जनकपुरधाम। मधेश प्रदेशको धनुषा जिल्लालको ढल्केवर स्थित कोमल होटलले 3 Star अतिउत्तम (क) स्तरको उपाधि पाएका हुन्। कोमल होटल पूर्व पश्चिम राजमार्ग मा पर्ने धनुषा जिल्लाको ढल्केवरमा पर्दछ।

होटलले खाद्य र स्वच्छता अन्तर्गत ३ (क) मा अतिउत्तम स्तरको उपाधि पाएका हुन। जनकपुरधाम स्थित खाघ प्रविधि तथा गुण नियन्त्रण कार्यालयद्वारा कोमल होटललाई 3 Star अतिउत्तम(क) स्तरको उपाधि प्रदान गरियो। होटल करिबम १ वर्ष देखि संचालनमा रहेको छ। करिब १६ करोडको लगानीमा होटलले २६ वटा एयरकण्डिसन कोठासहित आधुनिक होटल संचालनमा ल्याएको छ।

कार्यालयले बिहीबार खाद्य स्वच्छताका आधारमा होटेलहरुलाई स्तरीकरण लोगो दिने क्रममा मिथिला नगरपालिका भरीमा संचालनमा रहेको अन्य होटलहरुले घ वर्गको उपाधि पाएपनि कोमल होटलले ढल्केवरमा मात्रै होईन जिल्लामै ३(क) स्तरको एकमात्र होटलको रुपमा सुचिकृत भएको खाद्य अनुसन्धान अधिकृत प्रवीण तिवारीले जानकारी दिए।
अनुसन्धान अधिकृत तिवारीले खाद्य स्वच्छताका आधारमा होटेल स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७४ मा भएको व्यवस्थाअनुसार विभिन्न ५० सूचकलाई आधार मानेर होटेलको स्तरीकरण मूल्यांकन गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!