२२ पुष जनकपुरधाम। पौष २० र २१ गते काठमाण्डौ जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं.५ स्थितमा रहेको यातायात ब्यवस्था कार्यालय गुर्जुधारा शाखा र काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं.१३ ताहाचल स्थित वैदेशिक रोजगार कार्यालयहरुमा सेवा लिन आएका सेवाग्राहीहरुलाई बिना इजाजत सेवा लिने/दिने कार्यमा बाधा आएको जानकारी प्राप्त भए पछि प्रहरीले ति बिचौलियाहरुलाई हिरासतमा लिएको छ।
दस्तुर भन्दा बढी दस्तुर लिन खोजी छिटो छरितो काम गरिदिने भनी आश्वसन दिने, गर्न नसक्ने कामलाई सरल रुपमा बनाई दिन्छौ, गरिदिन्छौ भन्ने जस्ता भ्रमात्मक कुराहरुमा जवरजस्ती सेवाग्राहीहरुलाई तानी सरकारी काम कारवाहीमा बाधा अवरोध गरी अनावश्यक दुःख हैरानी दिई अभद्र व्यवहार गरी अनुचित लाभसमेत लिई रहेका भन्ने गुनासोका सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाण्डौबाट प्रहरी अधिकृत सहितको बिशेष टोली खटिई उक्त स्थानहरुमा पुगी निम्न नाम थर वतन भएका ब्यक्तिहरुलाई उक्त कार्यमा संलग्न रहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको ।
पक्राउ परेको व्यक्तिहरुको सूची :-
क) यातायात व्यवस्था कार्यालय मोटर साइकल) गुर्जुधाराबाट पक्राउ परेका व्यक्तिहरु:
१) जिल्ला रौतहट विजयापुर नगरपालिका वडा नं. ११ घर भएको बर्ष २१ को आनन्द चौधरी ।
२) का.जि.चन्द्रागिरी नगरपालिका वडा नं. ८ घर भएको बर्ष २० को निशान रिजाल ।
३) जिल्ला सुनसरी ईटहरी न.पा वडा नं. ९ घर भएको बर्ष २६ को किशोर थापा ।
४) का.जि.चन्द्रागिरी नगरपालिका वडा नं. ८ घर भएको बर्ष ३० को नबिन श्रेष्ठ ।
५) जिल्ला झापा बिर्तामोड न.पा. वडा नं. ६ घर भएको बर्ष २८ को अभिषेक चौधरी ।
६) जिल्ला मकवानपुर है.न.पा. वडा नं. ३ घर भएको बर्ष २४ को सुमेश नेपाली ।
७) का.जि.चन्द्रागिरी नगरपालिका वडा नं. ८ घर भएको बर्ष २५ को रुबिन तामाङ ।
८) जिल्ला कास्की पोखरा उ.म.न.पा. वडा नं. ३ घर भएको बर्ष २८ को श्रृजन थापा ।
९) जिल्ला चितवन खैरैनी न.पा. वडा नं. १ घर भएको बर्ष ३१ को प्रदिप सुनार ।
१०) जिल्ला सर्लाही न.पा. वडा नं. १ घर भएको बर्ष २३ को अनिश हमाल ।
११) जिल्ला सि.पा पाखर गा.पा. वडा नं. १ घर भएको बर्ष २२ को बिबस तामाङ ।
१२) जिल्ला झापा बिर्तामोड न.पा. वडा नं. ६ घर भएको बर्ष २५ को आशिष खड्का ।
१३) जिल्ला नुवाकोट बिदुर न.पा. वडा नं. १ घर भएको बर्ष २१ को आकाश बोगटी ।
१४) का.जि गोकर्णेश्वर न.पा. वडा नं. ८ घर भएको बर्ष २४ को पासाङ शेर्पा ।
१५) जिल्ला कन्चनपुर कृष्णपुर न.पा. वडा नं. १ घर भएको बर्ष २३ को आकाश क्षेत्री ।
१६) जिल्ला अछाम साफेबगर न.पा. वडा नं. ५ घर भएको बर्ष २४ को एकेन्द्र बहादुर बुढा ।
१७) जिल्ला डडेलधुरा गनेपधुरा गा.पा. वडा नं. ३ घर भएको बर्ष २३ को मनोज देउवा ।
१८) जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा. वडा नं. ४ घर भएको बर्ष २६ को नबिन आले मगर ।
१९) जिल्ला गोरर्खा बिन्दीन गा.पा वडा नं. १ घर भएको बर्ष २८ को बिकाश गुरुङ ।
२०) जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा. वडा न ७ घर भएको बर्ष २८ को टसी नङगेल तामाङ ।
२१) जिल्ला दोलखा पौवटी गा.पा. वडा नं. ९ घर भएको बर्ष २० को प्रदिप भन्ने प्रताप सिंह थापा ।
२२) जिल्ला मोरङ सुनसरी न.पा. वडा नं. २ घरभएको बर्ष २२ को अनिष कार्की ।
२३) जिल्ला रुकुम (पुर्व) फुब्याउत्तर गंगा गा.पा.वडा नं.५ १२ घर भएका बर्ष २० को बिनय बुढा मगर ।
२४) जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं. १२ घर भएको बर्ष १९ को प्रेवेश बुढाथोकी ।
२५) का.जि गोकर्गोश्वर न.पा. वडा नं. ८ घर भएको बर्ष २० को दोर्जे तामाङ ।
ख) बैदेशिक रोजगार तथा श्रम विभागबाट पक्राउ परेका व्यक्तिहरु:
१) देश भारत दार्जिलिङ घर भई हाल का. म. न. पा. वडा नं. १३ बाफल बस्ने हुकुम मोक्तानको छोरा बर्ष २७ को ऋषी मोक्तान ।
२) जिल्ला संखुवासभा रातामाटे घर भई हाल का. म. न. पा. वडा नं. १३ बाफल बस्ने अमर बहादुर अधिकारीको छोरा बर्ष २६ को सन्तोष अधिकारी ।
३) जिल्ला काठमाण्डौ का. म. न. पा. वडा नं. १३ ताहाचल बस्ने बस्ने सत्य मानन्धरको छोरा बर्ष ३२ को सनम मानन्धर ।
४) जिल्ला काठमाण्डौ का. म. न. पा. वडा नं. १४ कुलेश्वर बस्ने लक्ष्मण रिसालको छोरा बर्ष २७ को बिशाल रिसाल।
५) जिल्ला झापा कनकाई न.पा. वडा नं. ४ घर भई हाल का म न पा वडा नं १४ कलंकी बस्ने बस्ने बर्ष ३१ को कमल प्रसाद पराजुली ।
६) जिल्ला काठमाण्डौ का. म. न. पा. वडा नं. १४ बस्ने सुरज थापाको छोरा बर्ष २८ को पुरुषोत्तम थापा ।
७) जिल्ला धादिङ धुनेबेशी न.पा. वडा नं. २ घर भई बस्ने श्री कृष्ण कुँवरको छोरा बर्ष ३० को सागर कुँवर ।
८) जिल्ला उदरपुर ताप्ले गाऊँ पालिका वडा नं ५ घर भई हाल जिल्ला काठमाण्डौ का. म. न. पा. वडा नं. १४ कुलेश्वर बस्ने दल बहादुर मगरको छोरा बर्ष ३२ को प्रबिन कुमार मगर ।
९) जिल्ला सिराह करजना न.पा वडा नं १३ घर भई हाल का. म. न. पा. १३ बस्ने अशोक आलेको छोरा बर्ष २६ को सागर आले ।
१०) जिल्ला उदयपुर त्रियुगा न.पा. वडा नं. ७ घर भई हाल कलंकी १४ लाम्पाटी बस्ने बर्ष २५ को दिपेश राई ।
११) जिल्ला रामेछाप मन्थली न.पा. वडा नं. ६ घर भई हाल कागेश्वरी मनहरा न.पा वडा नं ११ बस्ने बर्ष ३० को बिष्णु बहादुर माझीको छोरा बर्ष ३० को कटक बहादुर माझी ।
१२) जिल्ला सल्यान शारदा नगरपालिका वडा नं १५ घर भई हाल का. म. न. पा. वडा नं. १४ ताहाचल बस्ने बर्ष ३७ को शशी प्रकाश हमाल ।
१३) जिल्ला गुल्मी छत्रकोट ६ घर भई हाल का. म. न. पा. १३ बस्ने बर्ष२४ को नरेश सोमारे मगर ।
उक्त घटनाका सम्बन्धमा प्रकरण क) र ख) मा पक्राउमा परेका ३८ जना व्यक्तिहरु उपर मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ को “अभद्र व्यवहार गर्न नहुने” कसूरमा श्री जिल्ला प्रशासन कार्यालय, काठमाण्डौबाट दिन-१० को म्याद थप अनुमति प्राप्त भई जिल्ला प्रहरी परिसर, काठमाण्डौबाट थप अनुसन्धान भई रहेको।