Samajik Feed – News Portal from Nepal

२० पुष, जनकपुरधाम। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले दोस्रो चरणमा मेलम्ची खानेपानी आपूर्तिका लागि ७९६ किलोमिटर वितरण सञ्जाल निर्माण गरिरहेको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पान श्रेष्ठले राससलाई जानकारी दिनुभयो।

बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा ४ सय २७ किलोमिटरको निर्माण सम्पन्न भइसकेको छ। बाँकी काम चालु आर्थिक वर्षको अन्त्यसम्ममा सम्पन्न हुने उनले बताए। चार निर्माण कम्पनीले वितरण सञ्जाल निर्माण गरिरहेका छन्। ७ अर्ब ३६ करोडको लागतमा दोस्रो चरणको ७९६ किलोमिटर वितरण सञ्जाल निर्माण भइरहेको छ। निर्देशनालयले पहिलो चरणमा १ हजार ११० किलोमिटर वितरण सञ्जाल निर्माण गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *