२० पुष, जनकपुरधाम। बाराको देवताल गाउँपालिकाका कर्मचारीहरुले कामकाज ठप्प पारेर आन्दोलित भएका छन्। उनीहरुले सोमदेक्खी “पेन डाउन” गरी वडा देखि पालिका समेतका कामकाजहरु ठप्प पारेका छन्। वरुण यन्त्र, स्वास्थ्यका आकस्मिक सेवा र विद्यालयमा अध्यापन बाहेकका सबै कामकाज ठप्प छ।
वडा ७ का अध्यक्ष सत्येन्द्र प्रसाद यादवको नेतृत्वमा केही वडा अध्यक्षले पुष ९ मा कर्मचारी भर्ना लागि लिइने लिखित परिक्षा रोकना माग गर्दै प्रमुख प्रशासकीय अधिकृत र लेखापाल गजेन्द्र यादवलाई दुव्यवहार गरेका थिए। त्यसैको विरोधमा कर्मचारीहरु आन्दोलित भएका छन्। वडा अध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृतको टेबल तोडफोड गर्दै गालीगलौजमा उत्रेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको थियो।