१९ पुष, जनकपुरधाम। मधेस प्रदेशसभाको सभामुख पदको निर्वाचन माघ १६ गते हुने भएको छ। नवनिर्वाचित प्रदेशसभाको पहिलो बैठकमा जेष्ठ सदस्यका रुपमा बैठकको अध्यक्षता गरेका गोविन्दबहादुर न्यौपानेले सभामुख पदको निर्वाचन हुने जानकारी दिए। माघ १६ गते हुने प्रदेशसभा सचिव रणजित कुमार यादवले प्रदेशसभा सञ्चालन नियमावली, २०१८ लाई पारित गर्नुका साथै नियम ११ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्य मनोनयन समेत गरेको प्रदेशसभा सचिव रणजित कुमार यादवले जानकारी दिए। मनोनित सदस्यहरुमा रेखा ठाकुर, बच्च राउत अहिर, चन्दनकुमार सिंह, जितेन्द्रप्रसाद सोनार, फकिरा महतो र रत्नेश्वर गोइत रहेका छन्।
सभामा बोलेका अधिकांश सांसदले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्दै मधेस प्रदेशका आवश्यकतालाई सम्बोधन गर्दै विद्यमान समस्या समाधानका लागि पार्टीगत स्वार्थभन्दा माथि उठेर एकजुट भएर लाग्नुपर्ने धारणा राखेका थिए।