Samajik Feed – News Portal from Nepal

१९ पुष, जनकपुरधाम। नेपालको मुस्तांग जिल्लामा अवस्थित कालिगण्डकी नदीको शिला (ढुंगा) भगवान राम अर्थात् माता सिताको ससुराली अयोध्यामा राम मन्दिर निर्माणको लागि पठाइँदै छ। बेनी देखि उत्तर गलेश्वोरधाम ३ किलोमिटर क्षेत्र बाट ती शिला पठाउन लागिएको हो।

नेपाल सरकारको मन्त्रि परिषदले पुष ३ गते सित जन्मभूमि जनकपुरधामको जानकी मन्दिर बाट भारतको लागि शिला पठाउने निर्णय गरेका थिए। त्यसपछि पुष ६ गते गण्डकी प्रदेश सरकार र संघीय सरकार बीच सैद्धान्तिक सहमति भएको थियो। संस्कृति तथा पर्यटन मन्त्रालयले नेपाल र भारत बीच यसरि नै परिस्परिक, संस्कृतिक र बेजोड सम्बन्ध बनि रहोस् साथै जानकी माताको ससुराली अर्थात् राम मन्दिरको एतिहासिक निर्माणमा सहभागी हुन पाएकोमा हामी निकै खुसि र हर्षित छौं।

गत साउन अन्तिम साता पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधि अयोध्याधाम पुगेर यसको पहल थालेका थिए । निधिले राममन्दिर निर्माण समितिका पदाधिकारीलाई भेटेर रामको मूर्ति बनाउन कालीगण्डकीको शिला उपलब्ध गराउने र जनकपुरवासीको तर्फबाट राममन्दिर परिसरमा धातुको शिव धनुष उपहार दिने प्रस्ताव गरेका थिए । राममन्दिर निर्माण समितिले कालीगण्डकीको शिलाबाट रामजन्मभूमि अयोध्यामा रामको मूर्ति बनाउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!