Skip to main content

१८ पुष, जनकपुरधाम। रोजगारीको खोजीमा विदेश गएका पश्चिम नेपालका ४४४ महिला तथा युवती बेपत्ता भएका छन्। सन् २०२२ मा माइती नेपाल, नेपालगन्ज शाखामा उनीहरुको ठेगानाका लागि परेका निवेदनका आधारमा तथ्याङ्क तयार पारिएको छ। नेपालगन्जस्थित माइती नेपाल विस्तारित कार्यालयका संयोजक केशव कोइरालाले गत वर्ष बेपत्ताको अवस्था पत्ता लगाउन ६ सय ९३ निवेदन आएको र तीमध्ये २४९ फेला परेको बताए।

भारतलगायत तेस्रो मुलुक पुगेपछि सम्पर्कविहीन भएका महिला तथा बालिकाका परिवार र आफन्तले आफ्नो ठेगाना खोज्न संस्थासँग सहयोग मागेका थिए । त्यस्तै जोखिमपूर्ण यात्रामा परेका ५२९ महिला तथा बालिकालाई जमुनाहबाट फिर्ता गराइएको थियो। बाँकेको नेपाल–भारत सीमानाकाको ट्रान्जिट प्वाइन्टमा सोधपुछका क्रममा उनीहरु घरपरिवारको परामर्श बिना रोजगारी वा घुम्नका लागि घर छाडेको पाइएको थियो तीमध्ये अधिकांश सुर्खेतका थिए।

सामाजिक सञ्जालको प्रयोग र डिजिटल सेक्युरिटीको अभावले मानव बेचबिखन र तस्करीका समस्यालाई थप उकासिएको कोइरालाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *