१५ पौष, जनकपुरधाम। कम्बोडियाको एक होटल क्यासिनोमा भएको भीषण आगलागीमा परेर कम्तिमा १९ जनाको ज्यान गएको छ । मृत्यु भएकामध्ये एकजना नेपाली नागरिक हुन्। झापाको विर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ ।
पाण्डेका सहपाठी दिनेश सिलवालले बिहीबार बिहान ४ बजेतिर मृत्यु भएको पुष्टि भएको बताएको छ। उहाँले स्थानीय प्रहरीमा गएर शव सनाखत गर्नुभएको छ’, सिलवालले भने, ‘थाइल्याण्डस्थित नेपाली दूतावासमार्फत शव ल्याउनका लागि पहल भइरहेको छ साथै उनले नेपाली कन्सुलेट जनरलबाट पत्र लिएर शव ल्याउने प्रक्रिया थालिने बताएका हुन् ।
सिलवालका अनुसार व्यवसायको सिलसिलामा सिलवाल एक महिना अघि भिजिट भिसामा कम्बोडिया गएका थिए र उनी अंग्रेजी नयाँ वर्षमा घर फर्किने तयारीमा थिए । भने त्यहाँको ग्राण्ड डायमन्ट सिटी बिल्डिङमा रहेको होटल क्यासिनोको १२ औं तलामा उनी बसेका थिए ।
स्थानीय समय अनुसार बिहीबार राति साढे ११ बजेपछि आगलागी सुरु भएको छ । आगलागी भएपछि केही व्यक्ति भवनबाट हामफाल्दै गरेका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।
‘राति आगो लागेको थाहा पाएपछि उहाँ निस्किन खोज्नुभएछ, साथीहरुले पनि करिडोरबाट माथि जान भनेका रहेछन्’, ‘तर उहाँको करिडोरसम्म आगो लागिसकेको थियो ।’
बाहिर निस्किन सक्ने सम्भवना नरहेपछि निराकारले घरमा फोन गरेर परिवार र आफन्तसँग कुरा गरेका थिए । ‘मलाई पनि भिडियो म्यासेज र सन्देशहरु पठाउनु भएको रहेछ’, स्थानीय समयअनुसार बिहीबार राति साढे ११ बजेपछि आगलागी सुरु भएको थियो। आगलागी भएपछि केही व्यक्ति भवनबाट हामफाल्दै गरेका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए ।
बाहिर सार्वजनिक भएको एक भिडियो सन्देशमा पाण्डेले दिनेशलाई आफ्नो परिवारको ख्याल राखिदिन भनेका छन् । उनले अब आफू नरहने भन्दै ९ वर्षीय छोरा र परिवारको हेरचाह गरिदिन भिडियोमा भनेका हुन् ।
निराकरका बुबा विर्तामोड १ का वडाध्यक्ष छन् । उनका सहपाठी वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकी भन्छन्, ‘मैले पनि भिडियोहरु हेरेँ, एकदमै विक्षिप्त भएँको छु ।’
एक भिडियोमा उनले छोरालाई धेरै माया गर्ने बताउँदै भनेका छन्, ‘राम्रो मान्छे बन्नु है छोरा । कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न ।