सामाजिकफिड-
१५ पुस, जनकपुरधाम,
संसार भरि नाम गरिका प्रसिद्ध फुटबलर र खेलकुदले पाएको अहिलेसम्मकै सबैभन्दा ठूला नाम हुन्, पेले। फुटबलमा सबैभन्दा निर्विवाद रूपमा राम्रा खेलाडी थिए। उनि फुटबल खेल र ब्राजिल देशकै प्राइज जस्तै रहे। फुटबलको अलि रुचि नहुनेका लागि पनि कम्तिमा पेले बारे भने केहि थाहा हुन्थियो। यसले नै देखाउछ, कि पेले फुटबलका कति प्रसिद्ध र सर्वकालीन महान खेलाडी हुन्।
बिहिबार पेलेको ८२ वर्षको उमेरमा निधन भयो। फुटबल आफैमा एउटा कला हो। फुटबललाई सुन्दर खेल भनिन्छ, फुटबलले धेरैलाई आफ्नो
व्यक्तिगत दुःख बिर्सन मद्दत गर्छ। फुटबलले यो सबै उपमा किन पाएको थियो भने यससँग पेलेजस्ता खेलाडी थिए, जसले आफ्नो दुई दशक लामो खेल जीवनमा जादुयी प्रदर्शन गरेर सबैको मन जिते । ब्राजिल देश नै सबैतिर चिनिनु र लोकप्रिय हुनु पछाडि फुटबल र पेलेलाई कारण मानिन्छ ।
पेलेसँग विश्व फुटबलका धेरै अद्वितीय कीर्तिमान पनि जोडिन्छ‚ जस्तो कि उनले विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे, १ हजार ३ सय ६३ खेल खेलेर । उनले किशोर खेलाडीका रूपमा ब्राजिली क्लब सान्तोसबाट खेल जीवन सुरु गरे र न्युयोर्क कसमासमा पुगेर त्यसलाई पूर्णविराम लगाए । उनले जहाँ , जति खेल खेले; त्यहाँ सबैको मनमा रहन सफल रहे । सानोमा साओपाओलोको बारु एफसीबाट खेल्न सुरु गरेका पेले लगत्तै सान्तोससँग आबद्ध भएका थिए ।
१५ वर्षको उमेरमै उनले सिनियर टिमबाट डेब्यु गरिसकेका थिए । सिनियर टिमबाट उनले डेब्यु गरेको दिन थियो, सन् १९५६ सेप्टेम्बर ७ । त्यो कोरिनथिएन्सविरुद्धको खेल थियो । उक्त खेलमा उनले एक गोल पनि गरे । त्यसपछि उनले कहिले पनि पछाडि फर्केर हेर्नु परेन । सन् १९५७ को जुलाई ९ मा उनले ब्राजिलका लागि डेब्यु गरेका थिए, त्यो पनि अर्जेन्टिनाविरुद्ध‚ अझ त्यो पनि प्रसिद्ध माराकाना स्टेडियममा । त्यति बेला उनी जम्मा १६ वर्षका थिए ।
सन् १९५८ को विश्वकपबाट सुरु भएको हो । स्विडेनमा भएको त्यस विश्वकपमा ब्राजिल च्याम्पियन रह्यो । फाइनलमा ब्राजिलले स्विडेनलाई ५-२ ले हराएको थियो । भर्खर १७ वर्षका किशोर खेलाडी पेलेले त्यस फाइनलमा दुई गोल गरे । ब्राजिलले सन् १९६२ मा विश्वकप जित्दा पनि पेले प्रमुख खेलाडी थिए ।