सामाजिकफिड-
१४ पुस, जनकपुरधाम, काठमाडौं महानगरपालिकाले थापाथलीस्थित वाग्मती किनारका अनधिकृत संरचना हटाउन महानगरले माग्यो गृह मन्त्रालयसँग सहयोग , महानगरले गृह मन्त्रालयलाई पत्राचार गरेर थापाथलीस्थित वाग्मती किनारमा रहेका बस्ति हटाउन समन्वय गर्न अनुरोध
गरेका हुन्।
सुकुम्बासी बस्ती हटाउनका लागि आवश्यक सहयोग माग गर्दै महानगरले बिहिबार मन्त्रालयलाई पत्राचार गरेको हो । यो भन्दा पहिले मंसिर १२ गते वाग्मती सभ्यता एकीकृत विकास परियोजनाको अनुरोधमा महानगरले बस्ती हटाउन खोजेको थियो । बस्ती हटाउनका लागि प्रहरी प्रशासनबाट सहयोग नभएको भन्दै महानगरको नेतृत्व असफल भयको थियो।
महानगरका स्वकीय सचिव भुपदेव शाहले भने; यस भन्दा पहिला प्राशासन कार्यालय काठमाडौंलाई आवश्यक सहयोगका लागि माग गरेका थियौं ।
तर त्यहाबाट सहयोग नभएपछि सिधै गृहलाई पत्राचार गरेका हौं । ‘
काठमाडौं महानगरपालिका मेयर शाहका सहयोगीहरुले थापाथली किनारमा बसोबास गर्नेहरू सुकुम्बासी नै नरहेको दाबी गरे पनि हालसम्म उनीहरुको वास्तविक अवस्थाबारे भने सार्वजनिक गर्न सकेको छैन ।