Samajik Feed – News Portal from Nepal

१३ पुष, जनकपुरधाम। बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी सुन व्यापारीहरु सँग घुस रकम लिएको आरोपमा वहाँलाई निलम्बित गरिएको छ। आज बिहिबार प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई निलम्बन गरेको छ।

केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गरेको थियो।
केसीको घर छानबिन गर्दा वहाँको घर बाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएको थियो। त्यस पस्क्षात उनलाई प्रहरीले नियन्त्रण मा लिएको थियो।

केसीलाई निलम्बनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो भने प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *