१३ पुष, जनकपुरधाम। वाग्मती प्रदेश सरकारले कुखुरापालन किसानका लागि रु ५ करोडको मुआब्जा कोष स्थापना गरेको छ । कोषले कुखुरामा लाग्ने रोगका कारण किसानलाई क्षतिपूर्ति दिनेछ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार प्रदेशमा सबैभन्दा बढी कुखुराको मासु र अण्डा उत्पादन हुने गरेको छ । प्रदेशको कुखुरा उत्पादनमा चितवन, मकवानपुर, नुवाकोट, सिन्धुली र धादिङ जिल्लाको योगदान सबैभन्दा बढी छ । ‘देशको कुखुरापालनको राजधानी बागमती प्रदेश हो,’ प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरणकुमार पाण्डेले भने। “त्यसैले पोल्ट्री कृषक र व्यापारीहरूको हितमा कोष स्थापना गरिएको हो।”
‘कुखुरा पालनकर्तालाई पनि कुखुरा उत्पादनको आधारमा वर्गीकरण गरी परिचयपत्र दिइनेछ जसले क्षतिपूर्ति बाँडफाँडका साथै बजार व्यवस्थापनमा सघाउ पुर्याउनेछ’, पाण्डेले भने। यस निर्णयको व्यापारीहरुले स्वागत गरेका छन्।
मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु अधिकारीले सरकारले व्यवसायीहरुको हितका लागि काम गरेको बताए।