सामाजिकफिड-
१४ पुस, जनकपुरधाम, नयाँ व्यवसायीलाई गोरखामा ट्याक्सी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीले कुटपिट गरेका छन्।
यस भन्दा पहिला सिर्जना भयको विवादबारे छलफल गर्न प्रहरी कार्यलय भित्र भेला भयका गोरखा ट्याक्सी व्यवसायले नयाँ व्यवसायी माथि कुटपिट गरेका हुन्।
गोरखा ट्याक्सी व्यवसायको कुटपिटबाट स्मार्ट राइड दिपक कार्की शाही घाईते भयका छन। छलफलको क्रममा प्रहरी कार्यालयभित्र भेला हुदा
गालीगलौच गर्दै आफुमाथि आक्रमण गरेको शाहीले जानकारी गराएका हुन् ।
पहिलेदेखि हामीलाई रोक्छेक गर्दै आएक थिए। शाहीले भने अनि म प्रहरी कार्यलय भित्र छलफल भयको ठाउमा पुग्न बितिकै अश्लील शव्द प्रयोग गर्दै आक्रमण गर्न आउँन थालियो। आक्रमणबाट आफू सामान्य घाइते भएको उनको भनाइ छ।
कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएर चल्न पाउने कि, यातायात व्यवस्था कार्यालयमा दर्ता भएर मात्र चल्न पाउने भन्ने विषयमा दुई पक्ष बीच लामो समयदेखि विवाद भएको थियो ।
‘
गोरखामा स्मार्ट राइडर सर्भिस प्रालि मोटरसाइकल वर्कसप सञ्चालन गर्ने भनेर वडा कार्यालयमा व्यवसाय दर्ता गरेर निजी सवारी साधनमा यात्रु बोक्ने गरेका छन्’, गोरखा मनकामना यातायात सेवा प्रालिका अध्यक्ष सुरेन लामिछानेले भने,
‘हामीलेचाहिँ विधिवत रुपमा आधिकारिक निकायमा यातायात व्यवसाय दर्ता गरेर काम गर्नुपर्छ भन्दै आएका हौँ ।
’ गत साउनमा लञ्च गरेर गोरखामा स्मार्ट राइडिङ सर्भिसले राइड सेयरिङ गरिरहेको बताए । उनका अनुसार अहिलेसम्म गोरखामा ३० वटा मोटरसाइकल र स्कुटी यस प्रालिमा दर्ता भएका छन् । चार वटा मात्र सञ्चालनमा छन् ।
प्रहरी कार्यालयभित्रै भएको कुटपिटको घटना केही समयपछि मेलमिलाप गरेर फर्किएको डीएसपी लीलाराज लामिछानेले बताए।