२६ भाद्र, स्वामी विवेकानन्दको विश्व विजय दिवसको रुपमा पुरै विश्वमा मनाईन्छ। आजकै दिन स्वामी विवेकानन्दले अमेरिकाको सिकागोमा आफ्नो भाषण हिन्दीमा ‘ब्रदर्स एण्ड सिस्टर्स अफ अमेरिका’ बाट सुरु गरेका थिए। यो दिन विश्वको इतिहासमा गौरव र सम्मानको घटनाको रूपमा रेकर्ड गरिएको छ।
आज आईतबारका दिन विश्व कायस्थ सम्मेलन नेपालद्वारा आयोजित स्वामी विवेकानन्दको विश्व विजय दिवसको अवसरमा ईशानेश्वर महादेव मन्दिर, मैत्रीनगर कीर्तिपुर-२मा रक्तदान कार्यक्रम गरियो थियो।
सो कार्यक्रम विश्व कायस्थ सम्मेलन(नेपाल) कि अध्यक्ष डा.पूनम कर्ण को अध्यक्ष्तामा स-कुशल सम्मपन्न भयो। उक्त कार्यक्रममा ४५ जनाद्वारा रक्तदान गरियो। सहयोगीहरुमा “ईनर व्हील क्लब आफ बालाजु” र “नेपाल रेड क्रस सोसाइटी” रहेका थिए।


