१४ पौष, जनकपुरधाम। जनकपुरको संस्थागत विद्यालय सिद्धार्थ शिशु सदनले एक सामुदायिक विद्यालयमा अध्ययन, खेलकुद तथा फर्निचर सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।
![](https://samajikfeed.com/wp-content/uploads/2022/12/322192860_718089902993441_943759395810535662_n-1024x473.jpg)
स्कूलले आफ्नो ४२ औं वार्षिकोत्वको अवसमार जनकपुरधाम उपमहानगरपालिका वडा नं. १८ स्थित शंकर आधारभूत विद्यालयलाई सो सामग्रीहरु सहयोग गरेको हो र विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई गुणस्तरीय शिक्षासँगै शारीरिक तथा वौद्धिक विकासको लागि सो सामाग्रीहरु हस्तान्तरण गरेको जानकारी दिएका हुन्।
सिद्धार्थ शिशु सदनले वार्षिकोत्सवको अवसरमा स्कुलमा साइन्स एक्जिबिसन, खाना प्रदर्शनी, रगत दान जस्ता कार्यक्रम सम्पन्न भएको छ।