Samajik Feed – News Portal from Nepal

१४ पौष, जनकपुरधाम। धनुषामा मोटरसाइकल पोलमा ठोक्किएर एक युवकले ज्यान गुमाएको छ। ज्यान जानेमा धनुषाको कमला नगरपालिका ८ हरिने बस्ने दुखी ठाकुरका छोरा २८ वर्षीय रामचन्द्र ठाकुर रहेको प्रहरीले जानकारी गराएको छ।

बिहीबार बिहान विरेन्द्रबजार महिनाथपुर हुलाकी सडकखण्डको सहिदनगर नगरपालिका ६ हठीपुरमा ठाकुरले चलाइरहेको मधेश प्रदेश २-००६ प १८१९ नम्बरको मोटरसाइकल कलभर्टको पोलमा ठोकिएर दुर्घटना भएको छ । उनी गिद्धादेखि यदुकोहा तर्फ जाँदै गर्दा दुर्घटनामा परेर गम्भीर घाइते भएका ठाकुरलाई उपचारको लागि जनकपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिएका हुन् ।

मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ साथै यस घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!