१३ पुष, जनकपुरधाम। केरुङ–रसुवागढी नाका हुँदै नेपाल–चीनबीचको दुईतर्फी व्यापार झण्डै तीन वर्षपछि आज औपचारिक रुपमा सुचारु भएको छ ।लासाका महावाणिज्यदूत नवराज दाहालले लामो समयदेखि बन्द रहेको उक्त स्थलमार्गबाट चीनतर्फ नेपालको निकासी हुने जानकारी दिए । आजदेखि औपचारिक रुपमा केरुङ–रसुवागढी नाका बन्दरगाह सञ्चालनमा आएको छ।
औपचारिक कार्यक्रमपछि बन्दरगाहबाट नेपाली सामानले भरिएका ६ कार्गो ट्रक चीनतर्फ गएको काठमाडौंस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जालमार्फत जनाएको छ।
नेपालबाट चीनमा थप निर्यातको अपेक्षा राखिएको छ, रसुवा भन्सार कार्यालयका प्रमुखले भने। नारायणप्रसाद भण्डारीले बताए अनुसार अनौपचारिक रूपमा ५० लाख रुपैयाँका सामानसहितका आठ कार्गो ट्रक हिजो चीन निर्यात भएको थियो।
‘अहिलेसम्म बाँसको मल, नेपाली कागज, हस्तकलालगायतका सामान निकासी भएका छन्,’ भण्डारीले भने ।