१४ पौष, जनकपुरधाम। चीनको हेनान प्रान्तको चेङचोउस्थित एलो रिभर माथिको पुलमा दुई सयवटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । बाक्लो हुस्सुका कारण उक्त दुर्घटना भएको हो अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ।
ठूलो संख्यामा गाडी दुर्घटना भएपनि एकजनाको मात्र मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका हुन् ।
दुर्घटनास्थलको फोटो र भिडियो हेर्दा थुप्रै गाडीहरु एकैठाउँ थुप्रिएका र एउटा गाडीमाथि अर्को गाडी चढेको र कच्याककुचुक परेको देखिएको छ। एक भिडियोमा एक व्यक्तिले दुर्घटनास्थलको दृष्य निकै डरलाग्दो भएको प्रतिक्रिया पनि दिएका हुन् ।
दुर्घटना हुने बेला बाक्लो, हुस्सु र कुहिरो लागेको भने कमजोर दृष्यकै कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
चिनियाँ समाचार च्यानल सीसीटीभीले दुर्घटनाबाट एक जनाको मृत्यु भएको जनाएको छ । दुर्घटनास्थलबाट गाडीहरु पन्छाएर यातायात सन्चालन गर्न उद्धारकर्ताहरु सक्रिय भएको समाचारमा उल्लेख गरिएको छ।