१३ पुष, जनकपुरधाम। बागमती प्रदेशमा आज संसदीय दलको नेताको निर्वाचन थियो। नेपाली कांग्रेसको वागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित भएका छन्।
आज बुधबार भएको बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर सिंह लामाले २१ मत प्राप्त गरे भने बनियाँले १६ मत मात्र पाए।
मतदान दिउसो २ बजे भएको छ। संसदीय दलको नेतामा नेपाली काँग्रेसको केन्द्रीय सदस्य बहादुर सिंह लामा र बागमती प्रदेश सभापति इन्द्र बानियाँले मनोनयन दर्ता गराएका थिए। उनीहरु दुवै संस्थापन पक्षका हुन्।
बानियाँ अघिल्लो पटक पनि दलको नेता थिए । अघिल्लो पटक संघीय संसदमा समानुपातिकबाट सांसद बनेका लामा यसपटक बागमती प्रदेश सभाका लागि उम्मेदवार भई निर्वाचित भएका हुन्। बागमती प्रदेश सभामा प्रत्यक्षबाट निर्वाचित २५ र समानुपातिकबाट १२ गरी कांग्रेसबाट कूल ३७ जना सांसद छन्।