Skip to main content

१३ पुष, जनकपुरधाम। महान्यायाधिवक्तामा दिनमणि पोखरेलको नाम सिफारिस भएको छ। नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार उनलाई उक्त पदका लागि सिफारिस गरेका हुन्। महान्यायाधिवक्ताको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ।

पोखरेललाई आज शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गर्ने कार्यक्रम छ। संवैधानिक कानुनका विज्ञ पोखरेलले प्रतिलिपि अधिकार कानूनको अध्ययन गरेका छन्। उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्ने प्रमुख वकिलमध्येका एक थिए।

पोखरेलले यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीका लागि कानुनविद्का रूपमा काम गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *