१३ पौष, जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख पदमा पनि दाबी गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार निर्माणमा निर्णायक रहेको रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् भने रास्वपाका एक सांसदका अनुसार पार्टी नेतृत्वले उपसभामुख र ५ वटा मन्त्रालयका लागि लबिङ गरिरहेका छन्।
पार्टी सभापति लामिछानेले आफूले पार्टीलाई धेरैभन्दा धेरै लाभ हुने गरी काम गर्ने भनेकाले धेरै छलफल नभएको उनले सुनाए साथै उनी भन्छन्, ‘उपसभामुख र ५ वटा मन्त्रालयका लागि लबिङ गर्ने हो।’
उपसभामुख लिएको अवस्थामा काठमाडौं–२ बाट निर्वाचित सोविता गौतम सम्भावित उम्मेदवार छन् । यद्यपि पार्टीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि पाएको अवस्थामा सोविताको रोजाइ उपसभामुखको सट्टा मन्त्री हुने रास्वपाका नेताहरु बताएको छ।
एमाले र माओवादी शीर्ष नेताहरुबीच सरकार गठनकै क्रममा प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने सहमति भएको थियो । त्यसअनुसार राष्ट्रपति पदसँगै सभामुख एमालेले लिने छ भने उपराष्ट्रपतिमा माओवादी केन्द्रको दाबी रहेको छ।