Samajik Feed – News Portal from Nepal

१३ पुष, जनकपुरधाम। भारतले थप दुई जलविद्युत आयोजनाबाट थप ४० मेगावाट विद्युत् निर्यात गर्न नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको छ। प्राधिकरणका अनुसार भारतको केन्द्रीय विद्युत प्राधिकरणले २५ मेगावाटका थप दुई जलविद्युत आयोजनाबाट थप विद्युत् बिक्री गर्न स्वीकृति दिएको छ ।

यससँगै अब १० वटा जलविद्युत आयोजनाबाट कुल ४५२.६ मेगावाट अतिरिक्त विद्युत् भारत निर्यात गर्न सकिनेछ । प्राधिकरणले असार २ गतेसम्म त्रिशूली जलविद्युतबाट उत्पादित २४ मेगावाट र देवीघाट पावरहाउसबाट १५ मेगावाट गरी ३९ मेगावाट अतिरिक्त विद्युत् निर्यात गर्दै आएको थियो । प्राधिकरणले ६ वटा जलविद्युत केन्द्रबाट दैनिक उत्पादन हुने ३६४ मेगावाटसम्मको अतिरिक्त विद्युत ४०० केभी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत प्रतिस्पर्धी दरमा भारतीय बजारमा निर्यात गर्न थालेको छ।

प्राधिकरणका अनुसार आईईएक्सले तोकेको प्रतिस्पर्धात्मक दरमा २४ घण्टा १५ मिनेटको ९६ ब्लकमा विभाजन गरी विद्युतको कारोबार भएको थियो। प्राधिकरणले नदीमा आधारित जलविद्युतबाट उत्पादन हुने गरी डिसेम्बर १९ देखि भारततर्फको अतिरिक्त विद्युत् निर्यात रोकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *